Wednesday, March 01, 2023

Marc Andreessen



The Pmarca Guide to Startups, part 2: When the VCs say "no"
Part 3 “But I don’t know any VCs!”
Part 4 The only thing that matters
Part 5 The Moby Dick theory of big companies



पहिचानको सपना देखाएको माओवादीले नै लत्तो छाडेपछि प्रदेश १ को नाम 'कोशी' राख्ने प्रस्तावमाथि बुधबार संसदमा छलफल चलिरहँदा जनता समाजवादी पार्टी (जसपा) की नेता निर्मला लिम्बूका आँखाबाट आँसुको कोशी बग्दै थियो। ...... प्रदेश १ यस्तो थलो हो, जहाँ पहिचानका लागि लामो आन्दोलन चलेको थियो। कुनै बेला ठूलो आकारको उक्त आन्दोलन अहिले खुम्चिँदै गएको छ। तर पहिचानसहितको संघीयताका लागि अहिले पनि एउटा तप्का निरन्तर संघर्षरत छ। ....... २०६२–६३ को जनआन्दोलनलगत्तै उठेको मधेस विद्रोहले मुलुकमा संघीयतालाई अवश्यम्भावी तुल्याएको थियो। त्यस क्रममा धेरैको ज्यान गएको थियो। त्यसअघि माओवादी सशस्त्र विद्रोहले पहिचानमा आधारित प्रदेशहरूको सपना देशव्यापी बनाइसकेको थियो। त्यो सपनामा प्राण भर्ने काम मधेस, थारू र पूर्वको लिम्बूवान आन्दोलनले गरेको थियो। ........ एमाले र कांग्रेस मिलेपछि नामकरण गर्न दुईतिहाइ मत पुग्थ्यो। एमालेको ४० र कांग्रेसको २९ मतमा राप्रपाको ६ मत थपिँदा आरामदायी संख्या पुग्थ्यो। यस्तो अवस्थामा फरक प्रस्ताव लैजान माओवादी तयार भएन। ........ 'नाम चाहिँ पहिचानसहितको चाहिने अनि भोट चाहिँ कांग्रेस र एमालेलाई दिने? हामीले मात्रै कति मुद्दा बोक्ने?' ......... 'माओवादी अब न पहिचानमा छ, न वर्गमा, न कुनै वैचारिकीमा,' उनले भने, 'माओवादी केवल कुर्सी खेलमा छ। त्यसैले कोशी होस् वा सगरमाथा, खास नेतृत्वका केही साँघुरा स्वार्थ सम्बोधन भए ऊ सहभागी भइहाल्छ।' ...... केन्द्रीय गठबन्धनमा राष्ट्रपति चुनावले खटपट ल्याएकै बेला माओवादी, कांग्रेस र राप्रपाको समर्थन जुटाएर नाम राख्न सफल भएको जस मुख्यमनत्री हिक्मत कार्कीले पाउने भएका छन्। ........... सत्तारूढ नेकपा एमालेको प्रस्तावमा मुख्य विपक्षी कांग्रेस, सत्तारूढ माओवादी केन्द्र र राप्रपाका सांसदहरूले समर्थन जनाउँदा प्रदेश नामकरण दुईतिहाइभन्दा बढी मतले पारित भएको हो। सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोशी राखिनुपर्छ भन्ने प्रस्तावका पक्षमा ८२ मत परेको घोषणा गरेका छन्। विपक्षमा भने जम्मा ४ मत परेको थियो।

No comments: