Pages

Monday, October 15, 2018

Tuesday, September 25, 2018

मेरो टेक ब्लॉग मा नेपाली भाषामा लेख्दा

यो मेरो टेक ब्लॉग हो। यहाँ म पहिलो पटक नेपाली भाषामा लेखिराखेको छु। मेरो नेपाल ब्लॉग छ जहाँ मैले नेपाली मा हजारौं पटक लेखेको छु। तर त्यो राजनीतिक ब्लॉग हो। यो चाहिँ मेरो टेक्नोलॉजी र बिजनेस सम्बन्धी ब्लॉग हो। नेपालमा टेकेर ग्लोबल साउथ मा पस्रिने किसिमका टेक्नोलॉजी स्टार्टअप हरु बारे कुरा गर्नु छ। अंग्रेजी मात्र होइन, नेपाली पनि विज्ञानं प्रविधि र बिजनेस को भाषा हो। हामीले देखेको ईकॉमर्स को सपना मा देश र दुनिया को प्रत्येक भाषा बिजनेस को भाषा हो।

मैले केही महिना देखि यूट्यूब मा विडियो ब्लॉग्गिंग पनि गर्दै आएको छु। मुख्य रूपले नेपालीमा। तर मैथिलि र हिन्दीमा पनि बोलेको छु। विडियो ब्लॉग्गिंग को त्यो मजा हुँदो रहेछ। बोल्दा बोल्दै अर्को भाषा मा बोल्न पुगे फरक नपर्ने। मुख्य कुरा भाषा होइन, मुख्य कुरा हो कुरा बुझ्नु।

निजगढ एयरपोर्ट ले भारत र चीन जोड्ने काम गर्छ